कुमारी र एनसीसी बैंकको सेयर कारोबार रोक्का

काठमाडौं । कुमारी बैंक र एनसीसी बैंकको सेयर कारोबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले रोक्का गरेको छ। यी दुई बैंकबीच मर्जरको प्रारम्भिक सम्झौता भएपछि कारोबार रोकिएको हो ।

उनीहरूले सहमति पत्रमा सोमबार हस्ताक्षर गरेका थिए ।

यी दुवै बैंक बराबरी हैसियतमा अर्थात् १ः१ को स्वाप रेसियोमा गाभिँदै छन् । मर्जरपछि एकीकृत कारोबार गर्ने बैंकको नाम कुमारी बैंक रहनेछ ।

बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड रुपैयाँ हुनेछ। बैंकको निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड निक्षेप हुनेछ भने कर्जा २ खर्ब ७४ अर्ब ५५ करोड हुनेछ।

जगेडा कोषहरूमा भएको रकम लगायतका आधारमा बैंकको कुल पुँजी ३७ अर्ब ६५ करोड हुनेछ।

११,आश्विन.२०७९,मंगलवार १४:०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्