समलिङ्गी-तेस्रो लिङ्गीहरूबीच कसरी यौनसम्बन्ध हुन्छ ? यो धेरैलाई चासोको विषय हुन सक्छ ?

समलिङ्गी-तेस्रो लिङ्गीहरूबीच कसरी यौनसम्बन्ध हुन्छ? धेरैलाई चासोको विषय हुन सक्छ। पुरुष र महिलाबीच मात्र शारीरिक संसर्ग हुने बुझाइ राख्नेहरूलाई पुरुष-पुरुष वा महिला-महिलाबीच पनि यौनसन्तुष्टि लिने प्रक्रिया चल्छ भन्ने सुन्दा नौलो लाग्नु स्वाभाविक पनि हो।

म तेस्रो लिङ्गी-समलिङ्गी अधिकारको आन्दोलनमा होमिएकी मान्छे। हाम्रो समुदायको यौनशैली कस्तो हुन्छ भनेर जानकारी दिनुलाई अन्यथा मान्दिनँ। किनकि हरेक मानिसलाई यौनशिक्षाको आवश्यकता छ ।

यौनसंसर्गका बेला हामी मुखमैथुन, गुदामैथुन, हस्तमैथुनजस्ता प्रक्रिया अपनाउँछौं। समलिङ्गी सम्बन्धका हकमा समान यौनाङ्ग भएका साथीहरूबीच सहवास गरिन्छ। त्यसक्रममा एक जनाले केटाको, अर्काले केटीको भूमिका निर्वाह गरिरहेका हुन्छन्।

परम्परागत यौनमा लिङ्ग योनिमा प्रवेश गराउने र स्खलित हुने चलन छ। धेरैले सहवासका क्रममा यही अभ्यास गर्छन्। तर, हामी तेस्रो लिङ्गी र समलिङ्गीहरूको यौनसाथीसँग समान अङ्ग हुने भएकाले मुखमैथुन र गुदद्वार मैथुनकै बढीअभ्यास गछौँ।

समलिङ्गीका हकमा मुखमैथुन भन्नाले स्त्री-साथीले अर्की स्त्रीको मुखमा आफ्नो स्तन, यौनाङ्ग आदि घर्षण गराउँदै योनरस स्खलित गराउँछिन्। पुरुष-साथीले अर्को पुरुष-साथीको मुखमा आफनो लिङ्ग प्रवेश गराउँदै घर्षणबाट सन्तुष्टि लिन्छन्। मुख वा हातले खेलाएर वीर्य स्खलित गराउँछन्।

तेस्रो लिङ्गी महिलाको हकमा धेरैजसोले गुदद्वारलाई स्त्री-यौनाङ्ग कल्पना गर्दै लिङ्ग प्रवेश गराउँछन्। जसलाई ‘एनल सेक्स’ भनिन्छ। अहिले त कतिपय पुरुषहरू स्त्रीसित पनि एनल सेक्स गर्छन्।

एनल सेक्समा स्वास्थ्यको निकै ख्याल गर्नुपर्ने हुन्छ। किनकि हाम्रो मलद्वारका तन्तु निकै संवेदनशील हुन्छन्। मलद्वारमा सेक्स गर्दा या केही चिज घुसाउँदा कोषिका फाट्ने जोखिम हुन्छ। त्यसले इन्फेक्सन भई भाइरस फैलन सक्छ। मलद्वारमा दिसा रोक्न सक्ने क्षमताका कोषिका हुन्छन्। इन्फेक्सन भए तिनले काम गर्न छाडेर दिसा लागिरहने समस्या आउन सक्छ। तिघ्राको कापको त्यो भागमा धेरै ब्याक्टेरिया (कीटाणु) हुन्छन्।

एनल सेक्स गर्दा पार्टनरलाई पनि सङ्क्रमणको आशङ्का रहिरहन्छ। सलाइबा अर्थात् यौनरस र मलका स-साना अंशमा पनि हेपाटाइटिस ‘बी’का कीटाणु हुन सक्छन्। मलद्वार चाट्दा मलका कणमा रहेका हेपाटाइटिस ‘ए’ कीटाणु सङ्क्रमणको खतरा पनि हुन सक्छ। त्यसैगरी हर्पिस सिम्पल्याक्स भाइरसचाहिं मलद्वारमा घाउ भएमा हुन सक्छ। असुरक्षित एनल सेक्सबाट सिफलिस, एचआइभी, एचपीबी, जेनाइटल वार्ट, गोनोरिया, क्लमाइडिया, हिमोफिल्स ड्रयुसी, सल्मोनेला, सिगेला आदि सङ्क्रमणको जोखिम रहन्छ।

यस्ता सङ्क्रमणबाट बच्न एनल सेक्सअघि मलद्वार सफा गर्नुपर्छ। लुब्रिकेन्ट प्रयोग गर्नुपर्छ। एनल सेक्समा पनि कन्डोम प्रयोग गर्न जरुरी छ। रगत आए या पीडा भए चिकित्सकको सल्लाह लिनुपर्छ। हाम्रा साथीहरूमा सुरक्षित एनल सेक्सको चेतना बढ्दै गएकाले समस्या कम हुँदै गएका छन्। तैपनि जोसमा होस भने राख्नैपर्छ।

अहिले बजारमा थरीथरी यौनखेलौना (सेक्स टोयज) पनि आएका छन्। धेरै मानिस यिनैबाट सन्तुष्टि लिन्छन्। कतिपयले एक्लै हुँदा त कतिले युगल, सामूहिक सहवासमा पनि सेक्स टोयज प्रयोग गर्छन्। हामी भावनात्मक स्पर्शमा रमाउँछौं। अरूलाई कस्तोकस्तो लाग्दो हो, हामीलाई यही सहवास पूर्ण र सन्तुष्टिदायक लाग्छ। हामी ध्यान र समर्पणभावले सहवासमा सहभागी हुन्छौं।

-भूमिका : तेस्रोलिङ्गीको आत्मकथा पुस्तकबाट

१६,आश्विन.२०७९,आईतवार १३:२१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्