राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं-५ मा पूर्वसैनिक राणालाई बनाउने उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं क्षेत्रनम्बर -५ को प्रतिनिधि सभा सदस्यको उम्मेदवार प्रणयशम्शेर राणालाई बनाउने भएको छ ।

निश्चित मापदण्ड बनाएर उम्मेदवार चयन गरेको पार्टीले जनाएको छ । राणाले सबै मापदण्ड पूरा गरेकोले सर्वसम्मत रुपम उम्मेदवार सिफारिस गरिएको हो । आकांक्षीहरूको भेलालले राणालाई समर्थन गरेको थियो ।

राणा पूर्वसैनिक हुन् । उनी द्वन्द्व व्यवस्थापनसमेत चासो राख्छन् ।

१७,आश्विन.२०७९,सोमबार ०९:५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्