रामकुमारी झाक्रीलाई समर्थन गर्दै कांग्रेसका बागी उम्मेदवार भुसालले गरे उम्मेदवारी निष्क्रिय

गुल्मी । गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका बागी उम्मेदवार नेपाली कांग्रेस नेता दामोदर भुसालले आफ्नो उम्मेदवारी निष्क्रिय गराएका छन् ।

उनले सोमबार आफ्नो उम्मेदवारी निष्क्रिय भएको पत्रकार सम्मेलन गरी बताए ।

गुल्मीको क्षेत्र नम्बर २ मा सत्तारूढ गठबन्धनको भागबन्डाअनुसार नेकपा (एकीकृत समाजवादी) को भागमा परेको छ ।

यहाँ एकीकृत समाजवादीका सचिव रामकुमारी झाक्री सत्तारूढ गठबन्धनको साझा उम्मेदवार छिन् ।

झाक्रीविरुद्ध उम्मेदवारी दिएका भुसालले नेताहरूको आग्रह, राष्ट्रिय समीकरण र कार्यकर्ताको शुभेच्छाले उम्मेदवारी निष्क्रिय बनाएको बताए ।

पार्टीको निर्देशनानुसार सत्तारूढ गठबन्धनको साझा उम्मेदवार झाक्रीलाई समर्थन तथा सहयोग गर्ने पनि उनले बताए ।

उम्मेदवारी निष्क्रिय भएको घोषणा गर्न गरिएको पत्रकार सम्मेलनमा सत्तारूढ गठबन्धनका साझा उम्मेदवार झाक्री र कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले भुसालको उम्मेदवारी निष्क्रियले सत्तारूढ गठबन्धनका सबै उम्मेदवार विजय हुने विश्वास व्यक्त गरेका थिए ।

१,कार्तिक.२०७९,मंगलवार १३:५४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्