ओलीले भने, “कांग्रेसका नेतालाई कैलाली झारेर अश्लील बोल्ने,पार्टी तथा जनताको विश्वास घातीलाई टिकट दियो हराउनुस”

उनले वीरबहादुर बलायरतर्फ संकेत गर्दै आफ्नो नेतालाई हार्नका लागि कैलालीतिर झारेर अराजक र अश्लील बोल्ने व्यक्तिलाई टिकट दिएको आरोप लगाए । अध्यक्ष ओलीले डोटीमा पहिलो पटक सशक्त महिला उम्मेदवार गौरी वलीलाई जिताएर पठाउन आग्रह गरे ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा आफूले टिकट दिएर जिताएको व्यक्ति प्रेम आलेले डोटीको मात्र नभएर देशकै बेइज्जत गरेको भन्दै उनको कटाक्ष गरेका छन ।

चुनावी आमसभाका क्रममा डोटीको सदरमुकाम दिपायलमा पुगेका ओलीले कांग्रेसका नेतालाई कैलाली झारेर अश्लील बोल्ने तथा पार्टी तथा जनताको विश्वासमाथि घात गर्ने व्यक्तिलाई उम्मेदवार बनाएकाले यसपटक डोटेली जनताले बिचार गर्ने बेला आएको बताएका छन ।

ओलीले भने- मैले सही गरेर उम्मेदवारी दिएको व्यक्तिले डोटीको मात्रै बेइज्जत होइन सिङ्गै डोट्याली भाषा, सभ्यता र संस्कृतिको बेइज्जत गरे । सिङ्गै नेपाली जातिको अन्तर्राष्ट्रियस्तरमा बेइज्जत गरे । मन्त्रीको भाषा कस्तो थियो सुन्नु भयो होला ? यस्तो मान्छे यसपटक फेरि खपडाहरू जोडेको पार्टीबाट उम्मेदवार बनेको सुनियो । त्यस्ता विश्वासघाती, पार्टीको माया नगर्ने, विसकोतलका मब नभएको र सूर्य चिन्हमा तपाईँहरूले दिएको मत बेच्नेलाई जमानत जफत गरेर देखाउनुस ।

ओलीले नेपाली कांग्रेसले चितवनमा मात्र नभएर अब डोटीमा पनि रुखमा भोट हाल्नबाट कार्यकर्तालाई वञ्चित गरेको भन्दै कांग्रेस सुधार्न एमालेलाई मत दिन आग्रह गरे ।

उनले वीरबहादुर बलायरतर्फ संकेत गर्दै आफ्नो नेतालाई हार्नका लागि कैलालीतिर झारेर अराजक र अश्लील बोल्ने व्यक्तिलाई टिकट दिएको आरोप लगाए । अध्यक्ष ओलीले डोटीमा पहिलो पटक सशक्त महिला उम्मेदवार गौरी वलीलाई जिताएर पठाउन आग्रह गरे ।

एमालेले आलेविरुद्ध गौरीलाई खडा गरेको छ भने, प्रदेशमा चक्र मल्ल र टेकबहादुर बमलाई उम्मेदवार बनाएको छ । कांग्रेसका नरेन्द्र खड्का स्वतन्त्र उम्मेदवार छन् ।

२६,कार्तिक.२०७९,शनिबार १४:४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्