दाङ-२ मा माओवादीकी रेखा शर्माको अग्रता, एमालेका महासचिव शंकर पोखरेल दोस्रो

दाङ । दाङ-२ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले अग्रता लिएकी छन् ।

२७८० मत गणना हुँदा रेखाले १४५०, नेकपा एमालेका महासचिव शंकर पोखरेलले ८४६, राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले २८१ मत ल्याएका छन् ।

यो क्षेत्रबाट २०७४ सालमा नेकपा माओवादी केन्द्रका कृष्णबहादुर महरा निर्वाचित भएका थिए । यसपटक माओवादी केन्द्रकी उम्मेदवार शर्मालाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादीसहितका सत्ता गठबन्धनका दलले समर्थन गरेका छन् ।

५,मंसिर.२०७९,सोमबार १६:४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्