काठमाडौं । पूर्व प्रधानन्यायधिश भएको मानिस जान जानी संविधान मिचेर प्रधानमन्त्री भएको भन्दै एमाले...

पुरा पढ्नुहाेस्

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई मुनाफाबाट ५ प्रतिशत लाभांश वितरण गर्ने

4.84K
shares
khanepani bord

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

२०७९ मंसिर १४ गते बसेकोे बैंक सञ्चालक समितिको ३७२औं बैठकले चुक्ता पूँजीको ५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पास गरेको छ । बैंकको २०७९ आसार मसान्तमा कायम चुक्ता पुँजी ९ अर्ब ५५ करोड ३९ लाखको ४.७५ प्रतिशतले हुन आउने ४५ करोड ३८ लाख बराबरको बोनस सेयर वितरण गर्ने लागेको हो ।

कर प्रयोजनको लागि चुक्ता पुँजीको ०।२५ प्रतिशत बराबरको नगद लाभाशं वितरण गर्ने भएको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी १२औं वार्षिक साधारणसभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र प्रभु बैंक लिमिटेडबीच साउन १५ मा संस्था प्राप्ति सम्बन्धी सहमती भएको छ । जसअनुरुप प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्नेछ र पौष मसान्तभित्रनै एकिकृत कारोबार गर्ने गरी प्राप्ति प्रक्रिया अगाडी बढेको छ ।

khanepani