लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले अस्थायी संरचनामै राजधानी सार्न हतारो गरेको भन्दै रूपन्देहीका कांग्रेसले गरे विरोध

रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले अस्थायी संरचनामै राजधानी सार्न हतारो गरेको भन्दै रूपन्देही कांग्रेसले विरोध गरेको छ ।

अस्थायी मुकाम बुटवलबाट स्थायी राजधानीमा अस्थायी संरचनामै हतारमा राजधानी सार्न लागेको भन्दै कांग्रेसले काम चलाउ हैसियतमा पुगेको सरकारले पूर्वाधार निर्माणबिना गरेको हतारोले कसैको हित नगर्ने जनाएको छ ।

कांग्रेस रूपन्देहीका सभापति रामकृष्ण खाणले जारी गरेको विज्ञप्तिमा नयाँ संसद चुनिएको समयमा पुरानो सरकारले गरेको अनावश्यक हस्तक्षेप बन्द गर्न आग्रह गरिएको छ ।

मुख्यमन्त्री केसीले आफ्नै कार्यकालमा जसरी पनि स्थायी राजधानी सार्ने गरि तयारी गरेपछि अस्थायी मुकाममा रहेका कर्मचारी समेत विरोधमा उत्रिएका छन् ।

कर्मचारीको मागलाई समर्थन गर्दै कांग्रेसले गठबन्धन सरकारको नेतृत्व गरेको सरकारको विरोध गरेको हो ।नवनिर्वाचित प्रदेश सभाबाट बन्ने सरकारलाई कार्यभार सुम्पिन समेत कांग्रेसले आग्रह गरेको हो ।

कांग्रेस रुपन्देहीका सभापति खाँणले जारी गरेको विज्ञप्तीमा मुकाम कहाँ राख्ने र सार्ने भन्दा पनि प्रदेशबासीको दैनिकीसँग कसरी प्रदेशसभाको कानून निर्माण प्रक्रियालाई जोडन सकिन्छ भन्ने कुरातिर केन्द्रित हुन आग्रह गरिएको छ ।

अहिलेको निर्वाचनबाट प्राप्त सांङकेतिक अभिमतलाई दृष्टीगत गरी प्रदेश मुकाम जहाँ छ त्यहीबाट सेवा प्रवाहमा चुस्तता साथै सुशासनमा दृढताका साथ उभिन प्रदेश सरकारलाई आह्वान विज्ञप्तीमा उल्लेख छ ।

कर्मचारी आवास, प्रदेश सभाका सांसद बस्ने पूर्वाधार नभएको स्थानमा जर्वरजस्ती लैजानु प्रतिकुल असर पर्ने देखिएको भन्दै राजधानी हतारमा सार्ने भन्दा पनि भौतिक पूर्वाधार निर्माणमा ध्यान दिन खाँणको आग्रह छ । प्रदेश सरकारले मंसिरभित्रै जवरजस्ती प्रदेश राजधानी दाङको भालुवाङ लैजान हतारिएकोमा सर्वत्र विरोध भएको छ ।

१८,मंसिर.२०७९,आईतवार १०:३९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्