नेकपा एमाले मधेश प्रदेशको संसदीय दलका नेतामा सांसद सरोज यादव सर्वसम्मत

जनकपुरधाम ‌। नेकपा एमाले मधेश प्रदेशको संसदीय दलका नेतामा सांसद सरोज यादव सर्वसम्मत चयन भएका छन् ।

मंगलवार बेलुकीसम्म जनकपुरधाममा बसेको एमाले मधेश संसदीय दलको बैठकले यादवलाई दलका नेता चयन गरेको हो । उनी महोत्तरी क्षेत्र ४ (२)बाट निर्वाचित भएका हुन् ‌।

मंसिर ४ मा सम्पन्न संसदीय निर्वाचनमा एमालेले मधेश प्रदेशमा २३ सांसद जितेर ठूलो दल बनेको छ ‌।

२०,पुष.२०७९,बुधबार ०७:५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्