महोत्तरीको इँटा भट्टामा आँखा फुटेको अवस्थामा एक मजदुरको मृत अवस्थामा शव फेला

जनकपुरधाम । महोत्तरीको औरही नगरपालिका ७ स्थित एमटीएल इँटा भट्टामा मजदुरको काम गर्ने एक व्यक्ति मृत फेला परेका छन् ।

स्थानीय ५२ वर्षीय इन्द्रदेव झाको शव इँटा भट्टाकै छाप्रोमा फेला परेको हो । मंगलवार मृत फेला परेका उनको शव पोष्टमार्टमका लागि प्रहरीले जलेश्वरस्थित प्रादेशिक अस्पताल राखेको छ ।

मृतक झाको बायाँ आँखा फुटेको देखिएकाले हत्याको आशंका छ । महोत्तरीका एसपी कृष्ण पंगेनीले पनि घटना शंकास्पद देखिएको र थप अनुसन्धान भइरहेको बताए ।

२०,पुष.२०७९,बुधबार १०:३१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्