प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लन्च मिटिङपछि भने : मन्त्रालय भागबण्डा आजै टुंगिन्छ

काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार विहान लामो छलफलपछि उनले मन्त्रालय भागबण्डा आजै टुंगिने बताएका हुन् ।

ओली निवास बालकोटबाट बाहिरिँदै गर्दा उनलाई पत्रकारहरुले ‘मन्त्रिपरिषदको भागवण्डा कहिले टुंगिन्छ’ भनेर सोधेका थिए । जवाफमा प्रचण्डले आजै टुंगिने बताएका थिए ।

‘सभामुख र राष्ट्रिपतिका विषयमा के हुन्छ’ भन्ने प्रश्नमा उनले भनेका छन्, ‘विश्वासको मत दिन सबै पार्टीसँग भोलि छलफल छ ।’

२,माघ.२०७९,सोमबार १५:२० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्