केयूकेएलमा आधिकारीक कर्मचारी युनियनको चुनावको सरगर्मी, चार युनियन निर्वाचनको मैदानमा

शाखा प्रमुख नै अधिकार बाहिर गएर भोट माग्दै, कारवाहिको माग

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)मा क्रियाशिल कर्मचारीहरुका युनियनको आधिकारीक टेड्र युनियनको निर्वाचन जति नजिकिदै छ त्यहिरुपमा कर्मचारीहरु धु्रवीकृत हुदै गएका छन ।

केयूकेएलमा श्रम कार्यालयमा दर्ता भएका ५ युनियनहरु थिए । तर, आधिकारीक टेड्र युनियनमा ४ युनियनहरुले मात्र भाग लिएको केयूकेएल कर्मचारी युनियन निर्वाचनको कार्यालयले जनाएको छ ।

केयूकेएल एकिकृत स्वतन्त्र कर्मचारी युनियन, केयूकेएल लोकतान्त्रीक कर्मचारी संघ, केयूकेएल कर्मचारी संगठन र केयूकेएल कर्मचारी कल्याण परिषद्ले मात्र आधिकारीक टेड्र युनियनको निर्वाचन फेस गर्न मननोयन दर्ता गरेको निर्वाचन कार्यालयले जानकारी दिएको हो ।
केयूकेएल कर्मचारी संघले भने आधिकारीक रुपमा निर्वाचान कार्यालयमा उपस्थित भएर उम्मेदवारी दर्ता गराएको अभिलेखमा नदेखिएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

केयुकेएल एकिकृत कर्मचारी युनियन गोपालसिंह धामीको नेतृत्वमा क्रियाशिल रहेको छ । लोकतान्त्रीक कर्मचारी संघको नेतृत्व शारदा बोहोराले नेतृत्व गरेकि छन भने कर्मचारी संगठनको नेतृत्व नवलसिंह साउदले गरेका छन । त्यसैगरि परिषद्को नेतृत्व विपिन सोपले गरेका छन ।
केयूकेएलमा नेपाली कांग्रेसको तर्फबाट नेतृत्व गर्ने दुई वटा युनियन थिए । एउटा नेपाली कांग्रेसको संस्थापन पक्षको प्रतिनिधित्व हुने लोकतान्त्रीक कर्मचारी संघ र अर्को संस्थापन इतर पक्षको नेतृत्व गर्ने कर्मचारी संघ थिए । तर, संघको नेतृत्व गर्ने केशव अधिकारी पक्षले आधिकारीक टेड्र युनियनको निर्वाचनमा भाग नलिएर तटस्थ बसेको देखिएको छ ।

निर्वाचनको सरगर्मी सगँसगै केहि नयाँ सरुवा भएका शाखा प्रमुखहरुले निर्वाचनमा कुनै एक पक्षलाई भोट मागेर निर्वाचनको आचरसंहितालाई ठाडो चुनौति दिएका छन । “नपाउने ले केरा पायो बोक्रा समेत खायो” भन्ने उखान लाई मिल्ने काम गरेको सूचना नेपाली जनतालाई प्राप्त भएको छ ।

उनी एउटै कामलाई खोलाले बगायो भन्दै दुईदुई पटक काम गरेको देखाएर झण्डै दुई करोडको बिल बनाएर भुक्तानी लिन सफल कार्यालयका प्रमुखबाट जिल्लाभरको एउटा शाखाको प्रमुख भएर जान सफल कार्यालय प्रमुखले कुनै एक कर्मचारीको नाम लिएर भोट मागेको खुलासा भएको छ ।
उनलाई कारवाहि हुन्छ कि हुर्दैन त्यो भविष्यमा खुल्दै जाने छ ।

१६,माघ.२०७९,सोमबार १३:२३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्