नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन

काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ ।

९५ वर्षीय जबराको उपचारका क्रममा आज बिहान नर्भिक अस्पतालमा निधन भएको उनका ज्वाइँ तथा कांग्रस नेता सुनिल थापाले जानकारी दिए ।

१४ वर्षमा मेट्रिक पास गरेका उनी नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बनेका थिए ।

राजा महेन्द्रले राष्ट्र बैंकको स्थापना गरेर मासिक ८ सय तलब खानेगरी गभर्नरको नियुक्ती दिँदा उनको उमेर मात्र २९ वर्ष थियो ।

जबराले सन् १९६२ देखि १९८६ सम्म उनले संयुक्त राष्ट्र विकास कार्यक्रमअन्तर्गत विभिन्न देशमा आवासीय प्रतिनिधिका रूपमा काम गरेका थिए । त्यसपछि व्यवसायमा पनि लागे । हिमालयन बैंकदेखि हिमालयन डिस्टिलरीसम्म उनले स्थापना गरेका थिए ।

२२,माघ.२०७९,आईतवार ०८:०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्