हिमगंगा माध्यामिक विद्यालयका पुर्व विद्यार्थीहरुको यस वर्षको कार्यक्रम २५ गते आयोजना

काठमाडौं । रामेछाप साँघुटार श्री हिमगंगा माध्यामिक विद्यालयका पुर्व विद्यार्थीहरुले यस वर्षको कार्यक्रम २५ गते आयोजना गरिएको छ ।
नयाँ बर्ष २०८० सालको शुभकामना आदान प्रदान तथा भित्ते पात्रो वितरण कार्यक्रम र बनभोज कार्यक्रम यहि चैत्र यहि २५ गते शनिवार सूर्यविनायक भक्तपुरमा आयोजना गरिएको पूर्व विद्यार्थी समाजका अध्यक्ष मनोज बज्राचार्यले बताएका हुन ।

यो विद्यार्थी समाजले स्थापनाकाल देखि नै नयाँ वर्षको उपलक्ष्यमा विविध किसिमका गतिविधि गर्दै आएको छ । विद्यायलका विद्यार्थी खेलाडीहरुलाई जर्सी र टिर्शट वितरण गर्दै आएको छ ।

साँघुटारमा आगो लागिहरु भएको परिवारलाई रु.७५ हजार आर्थिक सहयोग गरेको थियो । हिमगांगा बसेरी निवासी टुक ब.(राजु) श्रेष्ठ र्दुघटनामा परि घाइते हुदाँ निजको उपचार खर्च बापत रु दश हजार समाजले उपलब्ध गराएको थियो ।

लिखु गाउँ पालिका बडा कार्यालय ३ सिंहदेवीमा मन्दिर निर्माणर्थ लगाइएको श्रीमद्भागत सप्ताहमा आफ्ना दिबंगत शिक्षक र शिक्षिका तथा विद्यार्थीहरुको आत्माको चिरशांन्तीको कामना गर्दै नगद रु दश हजार ५५५ सहयोग गरेका थिए ।

५,चैत्र.२०७९,आईतवार १३:३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्