कोशी प्रदेशको नाम पुन: नामकरण गर्नुपर्ने माग गर्दै, संयुक्त संघर्ष समितिले विराटनगरको महेन्द्र चोकमा प्रदर्शन

विराटनगर । प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै विराटनगरमा आइतबार प्रदर्शन भएको छ । कोशी प्रदेशको नाम पुन: नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले विराटनगरको महेन्द्र चोकमा प्रदर्शन गरेको हो ।

प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नामा कोशी राखेको छ । त्यसयता पहिचानको आधारमा पुन: नामकरण हुनुपर्ने भन्दै विभिन्न समूहले निरन्तर प्रदर्शन गरिरहेका छन् ।

आइतबार प्रदर्शनपछि आयोजित सभालाई नेताहरु गोपाल किराती, कुमार लिङ्देन, सञ्जुहाङ पालुङ्वा, प्रेम एक्तेनलगायत नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

५,चैत्र.२०७९,आईतवार १४:०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्