घोडेजात्राको दिन पनि राहदानी विभाग खुल्ने आयो सूचना

काठमाडौं । राहदानी विभागले घोडेजात्राको दिन पनि सेवा दिने भएको छ ।

सरकारले घोडेजात्राको दिन सार्वजनिक विदा घोषणा गरे पनि राहदानी विभाग खुल्लैरहने विभागले एक सूचना निकालेर जानकारी गराएको हो ।

विभागद्वारा जारी सूचनामा भनिएको छ, ‘घोडेजात्राको दिन विहान १० बजेदेखि दिउँसो २:३० बजेसम्म कार्यालय खोलिने व्‍यहोरा सम्पूर्ण सरोकारवालाहरुलाई सूचित गरिन्छ।’

हेर्नुहोस् राहदानी विभागको सूचना

६,चैत्र.२०७९,सोमबार १२:३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्