छात्रालाई यौन हिंसा जन्य अपराध गरेको आरोपमा सिन्धुलीका बद्री सर पुगे प्रहरी हिरासतमा

काठमाडौं । आफ्नै छात्रालाई यौन हिंसा जन्य अपराध गरेको आरोपमा सिन्धुलीमा एक जना शिक्षक प्रहरी हिरासतमा पुगेका छन ।

कुशेश्वर विद्यापिठ माविका दश कक्षामा अध्यायनरत विद्यार्थी (नाम परिवर्तन) शुस्मीता भुजेल र अन्जना भुजेललाई कक्षा कोठामा र अन्य एकान्त ठाउँमा शिक्षक बद्र्री मैनालीले अभद्र व्यहवार गर्ने गरेको विषयमा सिन्धुली खुर्कोट इलाका प्रहरी कार्यालयमा उजुरी परेको छ ।

शिक्षक मैनालीले कक्षा दशमा पढ्दै गरेका १७ बर्षिया नावालिकाहरुलाई काठमाडौं घुमाउँछु, मैले भनेको मानौं भने ५० हजार पैसा दिन्छु, जस्ता आवश्वासन दिने गरेको कुरा पनि उजुरीमा उल्लेख गरीएको छ । खुर्कोट प्रहरी हिरासतमा पुगेका शिक्षक मैनालीले ती छात्राहरुको भित्रि अंगमा घुमाउँरो पाराले हात पुर्‍याउने जस्ता शिक्षकले गर्नु नहुने असोभनिय कार्य गरेको भन्दै ति छात्राका अभिभावकहरुले प्रहरीमा उजुरी दिएका हुन ।

यी शिक्षक यस भन्दा अगाडि पनि यस्तो आरोपमा परि सकेको र पटक पटक माफि माग्दै उम्केको स्थानियहरुको गुनासो रहेको छ । उनको यस्तो गतिविधिका बारेमा कुशेश्वरका प्रअ विनोद कोइरालाले घटनाको पुष्टि गरेका छन । उनी भन्छन, ‘यी सरले म विद्यार्थी हुदाँका बखत पनि यस्तो काम गरेको आरोप लागेको थियो, भन्ने मैले काठमाडौंमा पढ्दा सुनेको हो ।अहिले प्रहरीकाे निगरानीमा खुर्कोट प्रहरीमा छन । हामिले छात्राहरुसँग कुरा गरेका थियाै‌ उनीहरु प्रहरीमा जाने भनेर गएका छन ।’

यो यौनजन्य हिंसाको घटनालाई मिलापत्र गराउन सुनकोशि गाउपालिकाका जनप्रतिनिधिहरु लागि परेको स्थानीयहरुको आरोप छ ।

७,चैत्र.२०७९,मंगलवार १२:५६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्