‘राष्ट्रका लागि संगीत अभियात्रा’ सुर्खेतमा १६ जना जनवादी कलाकारहरुले प्रस्तुति

सुर्खेत । ‘राष्ट्रका लागि संगीत अभियात्रा’ अन्तर्गत सुर्खेतमा १६ जना जनवादी कलाकारहरुले प्रस्तुति दिएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरस्थित सीटी हलमा मंगलबार क्रान्ति, परिवर्तन र एकताका गीतहरुका गुञ्जिएका हुन् ।

कार्यक्रममा १६ जना जनवादी कलाकारहरुले आफ्नो प्रस्तुति राखे । कलाकारको टोलीमा जनवादी गीतकार तथा संगीतकार मणी थापा, जनवादी गायक उदय श्रेष्ठ, माधव प्रधान, जीवन शर्मा, कुस्मिता दर्लामी, मोहिन श्रेष्ठ, कर्ण विद्रोही, टेक बलम्पाकी, चिरन सी, निलिमा पुन, उदय रिजाल। लक्ष्मण पाखीन, कविता पुन, सन्ध्या मगर र साहित्यकार तथा जनवादी गायक नारायण शर्मा रहेका छन् ।

यसअघि धनगढीमा कार्यक्रम सम्पन्न गरेको टोलीले मंगलबार सुर्खेत र क्रमशः सबै प्रदेशमा कार्यक्रम गर्ने देशमा एकताको सन्देश छर्ने उद्देश्य राखेको छ ।

कार्यक्रममा जनयुद्धका चर्चित कलाकार मोहित र विद्रोहीले ‘कस्ले भन्छ क्रान्ति यहाँ सफल हुँदैन, टुटफुट र खण्डितका कुरा नगर, एकताका कुरा गर’ लगायतका गीतहरु सुनाउने छन् भने मणी थापाले ‘अरुण तरेर’ लगायतका गीतहरु सुनाउने छन् ।

अहिले सरकार पटक-पटक परिवर्तन भइरहने तर जनताको अवस्थामा परिवर्तन आएको छैन, यसमा जनवादी कलाकारहरु खुसी छैनन् ।

कलाकारको टोलीले ‘देशमा एकता’को आवाश्यकता रहेको र जनवादी कलाकारहरुले गीत मार्फत एकताको सन्देश छर्ने छन् ।

कार्यक्रममा जनवादी कलाकाहरुलाई राजनीतिक दल र राज्यले समेत बेवास्ता गरिरहेको प्रति जनवादी कलाकारहरुको गुनासो गरेका छन् ।

यस्तै, कार्यक्रममा कर्णाली प्रदेश सकारका मुख्यमन्त्री, मन्त्रीहरु पनि उपस्थिति रहेको छ ।

७,चैत्र.२०७९,मंगलवार १६:०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्