पोखरा–१८ को वडाध्यक्ष पदको पुनः उच्च अदालतकै रोहबरमा मतगणना अदालतको आदेश

पोखरा । उच्च अदालत पोखराले पोखरा महानगरपालिका–१८ मा ३० वैशाखमा भएको स्थानीय तहको चुनावको वडाध्यक्ष पदको पुन: मतगणना गर्न आदेश दिएको छ ।

मतगणनामा एमाले उम्मेदवार पुस्कलबहादुर थापालाई हराउँदै कांग्रेसका शिवप्रसाद तिमिल्सिना ३ मतले विजयी भएको घोषणा गरिएको थियो । तर थापाले आफू ९ मतान्तरले विजयी भएको भन्दै पुन: मतगणनाको माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए ।

निर्वाचन अधिकृतको कार्यालयले भने शिवले १६ सय ४३ र पुस्कलबहादुर थापाले १६ सय ४० मत ल्याएको घोषणा गरेको थियो ।

कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र ऋषिराज भण्डारीको संयुक्त इजलासले वैशाख २० गते पुन: गणना गर्न फैसला दिएको हो । उच्च अदालतकै रोहवरमा पुन: मतगणना गर्न आदेश भएको पुस्कलका तर्फबाट बहस गरेका अधिवक्ता सुरेन्द्र थापामगरले जानकारी दिए ।

२१,चैत्र.२०७९,मंगलवार १९:३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्