नयाँ वर्ष मनाउन घुम्न गएका एक युवकको भूतखोला पोखरीमा डुबेर मृत्यु

बुटवल । नयाँ वर्ष मनाउन पाल्पाको तिनाउ–३ झुम्सामा घुम्न गएका एक युवकको भूतखोला पोखरीमा डुबेर मृत्यु भएको छ ।

भैरहवाबाट साथीहरुसँगै घुम्न गएका सिद्धार्थनगर–१ बेलहियाका अन्दाजी ३० वर्षीय शिवम जैशवाल ढुङ्गामा चिप्लिएर पोखरीमा खसेर डुबेका थिए । उनलाई उद्धार गरी बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा अस्पतालले मृत घोषणा गरेको स्थानीय प्रेम पाण्डेले जानकारी दिए ।

केही समयअघि पनि उक्त ठाउँमा घुम्न गएका अर्का एक युवकको पनि डुबेर ज्यान गएको थियो । घटनाबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले जानकारी दिए ।

उक्त स्थानलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न प्रदेश सरकारको बजेटमा संरचनाहरु निर्माण र प्रचार प्रसार गरिएको छ ।

१,बैशाख.२०८०,शुक्रबार १४:०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्