नेकपा एमालेका बागमती प्रदेश कमिटी सदस्य नारायण घिमिरे अर्धचेत अवस्थामा भेटिए

काठमाडौं । नेकपा एमालेका बागमती प्रदेश कमिटी सदस्य नारायण घिमिरे काठमाडौंको एक होटलमा अर्धचेत अवस्थामा भेटिएका छन् ।

जमलको होटल कैलाशमा विष खाएको अवस्थामा फेला परेपछि उनलाई प्रहरीले उद्धार गरेर वीर अस्पताल भर्ना गराएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालले बताए । रिजालका अनुसार उनी शनिबारदेखि कैलाश होटलमा बस्दै आएको पाइएको छ ।

नुवाकोटको विदुर–११ घर भएका घिमिरे बेपत्ता भएको भन्दै परिवारका सदस्यले आइतबार खोजतलासका लागि काठमाडौं प्रहरी परिसरमा निवेदन दिएका थिए । उनी पछिल्लो समय तारकेश्वर नगरपालिका–९, डाँडागाउँ बस्दै आएका थिए ।

घिमिरेको कोठाबाट प्रहरीले सुसाइड नोट पनि बरामद गरेको छ । त्यसमा उल्लेखित विषयबारे प्रहरीले बताएको छैन ।

१९,बैशाख.२०८०,मंगलवार ०९:०९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्