पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ११२ पुगो

काठमाडौं। पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९१ जनाको नमुनामध्‍ये २५२ जनाको पीसीआर परीक्षण गर्दा १४ जना र ८३९ जनाको एन्टीजेन परीक्षण गर्दा ७ जना गरी २१ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ११२ पुगेको छ भने संस्थागत आईशोलेशनमा ९ जना, आईसीयूमा १ र भेन्टिलेटरमा १ जना उपचाररत छन् ।

यस्तै सोमबार मात्रै २२ जना कोरोनाबाट निको भएर घर फर्किइसकेका छन् ।

१,जेष्ठ.२०८०,सोमबार १६:४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्