
काठमाडौँ । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) को ७६औँ महासभामा सहभागी हुन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसहित ६ जनाको टोली शुक्रबार स्विजरल्यान्डको जेनेभा जाने भएको छ ।
यही मे २१ देखि ३० सम्म हुने संगठनको महासभामा भाग लिन अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटासहित ६ सदस्य टोली सहभागी हुने भएका हुन् ।
आगामी सेप्टेम्बरमा डब्लुएचओको दक्षिण पूर्वी एसियाली देशहरुको क्षेत्रीय निर्देशकको निर्वाचन हुन गइरहेको छ । नेपालले विश्व क्षेत्रीय निर्देशकका लागि उम्मेदवारी दिने घोषणा पनि गरिसकेको छ ।
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सभामा नेपालको स्वास्थ्य क्षेत्रसम्बन्धी काम गरिरहेका विभिन्न मित्रराष्ट्र, दाता तथा सम्बद्ध निकायका अधिकारीसँग पनि भेट गर्ने र नेपालको स्वास्थ्य क्षेत्रको विकास र सुधारबारे छलफल गर्ने जनाए ।
क्षेत्रीय निर्देशकका लागि नेपालका तर्फबाट डब्लूएचओको मुख्यालयमा कार्यरत डा. शम्भु आचार्यलाई उम्मेदवार बनाउने निर्णय भइसकेको छ । स्वास्थ्यमन्त्री बस्नेतले भने, ‘सभामा सहभागी जनाउनुको अर्को उद्धेश्य क्षेत्रीय निर्देशकका लागि पहल पनि गर्नु हो । ’
क्षेत्रीय निर्देशकका लागि नेपालबाहेक बंगलादेशबाट छोरी साइमा वाजेद पनि उम्मेदवार रहेकी छिन् ।
प्रतिक्रिया दिनुहोस्