काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)का अध्यक्ष...

पुरा पढ्नुहाेस्

बुटवलमा सञ्चालन गरिएको रोजगार मेलामा साढे पाँच सयभन्दा बढीले रोजगारीको लागि दिए आवेदन

5.68K
shares
khanepani bord

रुपन्देही । बुटवलमा सञ्चालन गरिएको रोजगार मेलामा साढे पाँच सयभन्दा बढीले रोजगारीको लागि आवेदन दिएका छन् ।

दुई दिने रोजगार मेला (जब फेयर) मा ५५० जना बढीले आवेदन दिएको बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य उज्ज्वलप्रसाद कसजूले बताए ।

मेलामा आउने अधिकांश कलेज पढ्ने विद्यार्थी छन् । त्यसबाहेक गृहिणी, विविध कारणले काम छोडेर बसेका, वैदेशिक रोजगारीबाट फर्किएकालगायत रहेको बुटवल उद्योग वाणिज्य संघका महासचिव विमलराज भट्टराईले जानकारी दिए ।

मेलामा यस क्षेत्रका २९ वटा उद्योग प्रतिष्ठान सहभागी थिए । जसमा करिव ३ सय जनालाई रोजगारीको अवसर थियो । मेलामा आएर आवेदन दिएकाहरुबाट उद्योग प्रतिष्ठानहरुमा आवश्यक जनशक्तिअनुसार प्रारम्भिक छनोट गरिएको ती उद्योग प्रतिष्ठानका प्रतिनिधिहरुले बताएका छन् ।

रोगारीको अवसर खोजेर मेलामा आएकाहरुले आफ्नो क्षमता र चाहनाअनुसारको कामको छनोट गरेका थिए भने त्यसका आधारमा उद्योग प्रतिष्ठानले प्रारम्भिक अन्तर्वार्ता गरेर सर्ट लिस्टिङ गरको र थप अध्ययन गरेर उद्योग प्रतिष्ठानको आवश्यकताअनुसार काममा बोलाइने उनीहरुले बताएका छन् ।

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले दक्ष जनशक्तिको खोजीमा रहेका उद्योग प्रतिष्ठान र कामको खोजीमा रहेका युवाहरुका लागि मेला फलदायी हुने विश्वास व्यक्त गरिन् । उनले सरकारले गर्नुपर्ने काम निजी क्षेत्रबाट भएको भन्दै प्रशंसा गरिन् ।

मेलाको मंगलबार नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले उद्घाटन गरेका थिए ।

नेपाली युवा रोजगारीको लागि विदेश जानुपर्ने र नेपाली उद्योगीले बाहिरबाट कामदार ल्याउनुपर्ने बाध्यता रहेकाले यसबीचको तारतम्य मिलाउन रोजगार मेला गरिएको इन्टरनेशनल लेवर अर्गनाइजेशन (आईएलओ)का नेशनल प्रोजेक्ट कोर्डिनेटर सौरभराम जोशीको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासंघ, बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा यो कार्यक्रम गरिएको थियो ।

IME
khanepani