सांसदलाई निर्वाचन क्षेत्रका लागि ५ करोड छुट्याउनु उचित होइन: प्रमुख सचेतक शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बजेट समग्रमा राम्रो भएको प्रतिक्रिया दिएका छन।

उनले बजेट राम्रो आइरहँदा कार्यान्वयनको चुनौति रहेको बताएका हुन । उनले जडिबुटी लगायत कृषिमा बजेट राम्रो आएको बताएका छन । उनले भने, ‘बजेट ठिकै छ, कार्यान्वयनको पक्ष हुन्, यसलाई सबलका साथ अघि बढाउनुपर्छ । जडिबुटीको कुरा राम्रो आएको छ, उत्पादनका हिसावले । आर्थिक संकटलाई समाधान गर्नेगरी आएको छ । सांसदलाई निर्वाचन क्षेत्रका लागि ५ करोड छुट्याउनु उचित होइन ।’

प्रमुख सचेतक शाहीले सांसदलाई निर्वाचन क्षेत्रका लागि ५ करोड छुट्याउनु आवश्यक नभएको र आर्थिक संकटलाई समाधान गर्नेगरी बजेट आएको बताएका छन ।

१५,जेष्ठ.२०८०,सोमबार २०:०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्