दीपकराजको लामो स्टाटस- नयाँ व्यक्ति र शक्तिबीच नै को बढी राष्ट्रवादी प्रतिस्पर्धा चल्यो

काठमाडौं । निर्माता एवं हास्य कलाकार दीपकराज गिरीले पछिल्लो समय एकले अर्कोलाई राष्ट्रघाती र तानाशाह भन्ने प्रवृत्ति देखिएको भन्दै यो भिडन्तको संकेत भएको आशंका जनाएका छन् । यसले भोक र गरिबीलाई एकातिर छाडेर मुद्दा अन्तै मोड्ने जिकिरसमेत गरेका छौं ।

दीपकले दलहरूको वितृष्णाका कारण नयाँ व्यक्ति र शक्ति उदाएको भएपनि उनीहरूबीच नै को बढी राष्ट्रवादी भन्ने प्रतिस्पर्धा चलेको टिप्पणी गरेका छन् ।

‘नयॉ व्यक्ति र दलहरूको नारा सबैभन्दा पहिला राष्ट्रियता रह्यो, त्यो स्वभाविक पनि हो’, उनले स्टाटस लेख्दै भनेका छन्, ‘हरेक गरिब र कमजोर मूलुकमा सबैभन्दा चॉडै आफूतिर आकर्षित गर्न सक्ने हतियार भनेकै राष्ट्रियता हो । अब यसरी उदाएका शक्तिहरू बीच नै को बढी राष्ट्रवादी भन्ने प्रतिस्पर्धा नै चलेको छ !’

‘अब हामी देश विकासको लागि होइन, को बढी देशभक्त हो भनेर लड्ने छौं । अदृश्य शक्तिलाई त जसरी पनि लडाउनु नै छ हामीलाई । पहिला हाम्रा पूर्खा राष्ट्रको लागि विदेशीसँग लडे । अब हामी राष्ट्रियताको नाममा आफूआफू लड्नेछौं । यसबाट जुन पक्षले जिते पनि देशले चाहिँ हार्नेछ’, दीपकले लेखेका छन् ।

८,असार.२०८०,शुक्रबार १०:५३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्