नेपाली कांग्रेसकी सांसद तथा केन्द्रीय सदस्य आरजू राणा सिंगापुरबाट फर्के लगत्तै जापान प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसकी सांसद तथा केन्द्रीय सदस्य आरजू राणा जापान प्रस्थान गरेकी छिन् ।

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको धर्मपत्नी राणा सिंगापुरबाट फर्के लगत्तै जापान प्रस्थान गरेकी हुन ।

सोमबार साँझ जापान प्रस्थान गरेकी राणाले सो क्रममा स्वास्थ्य जाँच गर्ने कांग्रेसका एक केन्द्रीय सदस्यले बताए ।

श्रीमान् देउवाको नियमित स्वास्थ्य जाँचका लागि गत जेठ ३० गते सिंगापुर गएकी राणा गत शुक्रवार मात्रै स्वदेश फर्केकी थिइन् ।

एक वर्ष अघि अर्थात् गत भदौमा पनि उनी उपचार गर्नका लागि जापान गएकी थिइन् । सोही उपचारको नियमित फलो अपका लागि उनी सोमवार जापान गएकी हुन् ।

१२,असार.२०८०,मंगलवार ०९:३१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्