कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाले लिए शपथ, ३ सदस्यीय मन्त्रिपरिषद गठन

विराटनगर । नेपाली कांग्रेसबाट कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थापालाई आज प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

थापाले तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । पहिलो चरणमा नेकपा एकीकृत समाजवादी पार्टीका कमल जबेगु र नेपाली कांग्रेसका प्रदीप सुनुवार मन्त्री नियुक्त भएका छन् । मन्त्रीद्वयले पनि आजै शपथ ग्रहण गरेका छन् ।

माओवादी केन्द्रले भने सरकारमा मन्त्री पठाएको छैन । मन्त्री छनोटका लागि छलफलमै रहेको माओवादीले जनाएको छ ।

२२,असार.२०८०,शुक्रबार १०:२३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्