पोखरा पटनेरीस्थित सेती नदीमा साइकलयात्री खसे, खोजी कार्य जारी

पोखरा । पोखरामा एक जना साइकल यात्री सेती नदीमा खसेको छन् । बिहान बागमाराबाट पटनेरीतिर आउँदै गरेका साइकलयात्री पोखरा–२९ पटनेरीस्थित सेती नदीमा भक्तबहादुर राना पुलबाट खसेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवणकुमार विककाअनुसार बागलुङ बडीगाड गाउँपालिका वडा नम्बर ४ घर भइ पोखरा–३३ बागमारा बस्ने राना बिहान पौने १० बजेतिर सेतीमा खसेका हुन् ।
इलाका प्रहरी कार्यालय शिशुवाले अहिले उनको खोजी गरिरहेको छ । पोखरामा बिहानैदेखि झरी परिरहेको छ । राना सेतीमा खसेको जानकारी प्राप्त हुनासाथ खोजी कार्यका लागि प्रहरी खटाइएको र खसेका हुन् या हाम फालेको भन्ने विषय पनि अनुसन्धानमै रहेको प्रवक्ता विकले जानकारी दिए ।

पुलको छेऊमा चप्पल भेटिएको र भक्तबहादुर नै खसेको भनेर परिवारले नै पहिचान गरेको प्रहरीको भनाइ छ ।

२३,श्रावण.२०८०,मंगलवार १३:२२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्