पुथ्वी चोकमा पृथ्वीनारायण शाहको शालिक पुनः स्थापनाको माग गर्दै माईतीघरमा प्रदर्शन (भिडियो सहित)

पोखरा । पोखराको पुथ्वी चोकमा पृथ्वीनारायण शाहको शालिक पुनः स्थापना गर्न माग गर्दै बिरोध प्रदर्शन गरिएको छ ।

सोमवार नागरिकको तर्फबाट माईतीघर मण्डलामा भेला भइ पोखरास्थित पृथ्वी चोकमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक पुनःस्थापनाका लागि दबाब दिइएको हो । पोखरा महानगरपालिकाले पोखराको पृथ्वी चोकमा रहेको पृथ्वीनारायण शाहको शालिक हटाएको थियो ।

बुधवार एक समूहले सडकमा फालेको पृथ्वीनारायण शाहको प्रतिमा बिहीवार राप्रपाका युवालगायतले पुनःस्थापना गरेका थिए । पुनः शुक्रवार महानगरले हटाएको शालिक हटाएपछि पोखरा लगायतका स्थानमा नागरिकहरुले शालिक पुनः स्थापनाको माग गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको बिरोध गरेका छ्न ।

प्रदर्शनकारीहरुले शालिक चोर देश छोड, इतिहास मेट्न पाइँदैन, सर्वपक्षीय निर्णयको नाटक मञ्चन गर्न पाइँदैन, राष्ट्रिय एकतामा खलल पु¥याउने काम बन्द गर, शहीद लखन थापाको शालिक ससम्मान स्थानान्तरण गर लगायतका प्लेकार्ड बोकेर बिरोध प्रदर्शन गरेका थिए ।

२९,श्रावण.२०८०,सोमबार १५:५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्