चीनमा सय भन्दा बढी सेतो ओठ भएको हिरणहरु फेला

एजेन्सी । उत्तरपश्चिम चीनको ग्रान्स प्रान्तस्थित किलियन माउण्टेन नेशनल नेचर रिजर्भमा सय भन्दा बढी सेतो ओठ भएको हिरणहरु फेला परेका छन् ।

सेतो ओठ भएको हरिण पहिलो श्रेणीको राष्ट्रिय सुरक्षा अन्तर्गत पर्दछ । यो प्रजाति ३ हजार देखि ५ हजार मिटरसम्मको उचाईमा बस्छ । यो मुख्यतया छिङहाई तिब्बत पठार र त्यस वरपरका क्षेत्रमा उच्च स्थानका घाँसे मैदानहरुमा पाइन्छ ।

यसलाई प्रकृति संरक्षणको लागि अन्तर्राष्ट्रिय संघ ९आइयुसीएन० ले लोपोन्मुख जनावरमा राखेको छ ।

२३,भाद्र.२०८०,शनिबार १६:४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्