पोखरामा ट्रोपिकाना स्लासमा अखाद्य वस्तु फेला

कास्की । कास्कीको पोखरास्थित वडा नम्बर ८ को पुरानो घर आँगन रेष्टुरेण्ट एण्ड कटेज झिर हाउसमा ट्रोपिकाना स्लासमा अखाद्य वस्तु फेला परेको छ ।

आईतवार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले निरीक्षण एवं अनुगमनका क्रममा अखाद्य वस्तु फेला परेको जनाएको हो ।

खाद्य अनुसन्धान अधिकृत दीपक कुँवरले स्लासमा अखाद्य पदार्थ फेला परेको गुनासो पछि निरीक्षण गर्दा आँखाले देखिने रुपमा नै वाह्य पदार्थ देखिएको र त्यही अनुसार मुुचुल्का तयार गरेको बताए । उनले सरकारले अनिवार्य न्युनतम मापदण्ड तोकेको र त्यो मापदण्डअनुसार स्लास न्युन गुणस्तरको रहेको बताए । त्यस्तै निमित्त कार्यालय प्रमुख शिवजी बरालले निरीक्षण गरी रिपोर्ट पठाएको र खाद्य अनुसार आकर्षण भए कारबाही हुने बताए। निरीक्षणका कारण गुनासोहरु बढीरहेको बताए । बिक्रेतासँग बयान लिएर र निरीक्षण गरी कारबाही हुने बताए । त्यस्तै होटल मालिक प्रमोद मरासिनीले पानीले पखाल्ने क्रममा भेटिएको बताए । उनले किनेर ल्याएको ठाउँले ठूलो विषय नबनाउन आग्रह गरेको बताए।

विज्ञहरुले कतिपय अवस्थामा पूरा नखोलिकन अखाद्य पदार्थ नदेखिने हुँदा सबै नागरिकले जुसहरु खाँदा खोलेर अर्को भाँडामा हाले पिउन सुझाव दिएका छन् ।

२५,भाद्र.२०८०,सोमबार १०:५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्