काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले हालैको प्रतिनिधिसभा सदस्य निर्वाचनबाट प्राप्त दुई तिहाइ नजिकको...

पुरा पढ्नुहाेस्

लाभांश सूचना लुकाएपछि तारागाउँ रिजेन्सीको सेयर कारोबार रोक्का, नेप्सेले माग्यो स्पष्टीकरण

4.02K
shares

काठमाडौ । काठमाडौ तारागाउँ रिजेन्सी होटलको सेयर कारोबार नेप्सेले रोक्का गरिदिएको छ । गत शनिबार नै सञ्चालक समितिको बैठक बसेर सेयरधनीलाई लाभांश दिने निर्णय गरे पनि आइतबार बेलुका सवा ५ बजेपछि मात्रै जानकारी गराइएकाले कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।

धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय भएमा सो दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि संस्थाले नेप्सेमा जानकारी पेश गर्नुपर्ने धितोपत्र सूचीकरण विनियमावलीमा व्यवस्था छ ।

यो व्यवस्थाको उल्लंघन गरेपछि तारागाउँ रिजेन्सीको सेयर कारोबार स्थगन गर्दै नेप्सेले स्पष्टीकरण सोधेको हो । ‘के कति कारणबाट समयमा नै लाभांश घोषणाको जानकारी दिन नसकेको हो ? सो सम्बन्धमा ३ कार्यदिनभित्र स्पष्टीकरण पेश गर्न अनुरोध छ’ नेप्सेले भनेको छ ।

शनिबारको सञ्चालक समिति बैठकमार्फत तारागाउँ रिजेन्सीले चुक्ता पुँजीको ११ प्रतिशत नगद तथा ४ प्रतिशत बोनस सेयर गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

khanepani