उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री अस्पतालमा

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल पुगेका छन् । बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार गराइरहेका श्रेष्ठलाई भेट्न छोरी गंगासहित प्रचण्ड बिहानै अस्पताल पुगेका हुन् ।

गएराति श्रेष्ठको आंशिक अवरोध रहेको मुटुको धमनीमा एन्जियोप्लास्टी सर्जरी गरिएको छ । आईसीयूमा सारिएका उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै गृहमन्त्रालयले जनाएको छ ।

गत कात्तिक १ मा चीनमा हृदयघातपछि उपचारको क्रममा गरिएको स्वास्थ्य परीक्षणमै श्रेष्ठको मुटुको अर्कोपट्टी धमनीमा समेत केही अवरोध देखिएको थियो ।

२०,मंसिर.२०८०,बुधबार ०८:५४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्