काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार...

पुरा पढ्नुहाेस्

विराटनगरका एक युवकमाथि भारतको जाेगबनीमा गाेली प्रहार

6.16K
shares
khanepani bord

विराटनगर । विराटनगरका एक युवकमाथि भारतको जाेगबनीमा गाेली प्रहार भएको छ । विराटनगर महानगरपालिका–८ मधुमाराका २७ वर्षीया निर्दोष संग्रौलामाथि सीमाक्षेत्र जाेगबनीमा आइतबार साँझ गाेली प्रहार भएको हाे ।

गोली प्रहारबाट घाइते भएका संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । उनकाे वायाँ तिघ्रामा गाेली लागेकाे छ ।

विराटनगर–१६ दक्षिण गेटदेखि पारी भारतीय भूमिमा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको थियाे । उपभोग्य खाद्यवस्तु खरिदका लागि भारतको जोगबनी पुगेर फर्कने क्रममा आफूमाथि गाेली प्रहार भएको उनले बताए ।

उनलाई सशस्त्र प्रहरीको टाेलीले उद्दार गरी अस्पताल पुर्याएकाे थियाे ।

IME
khanepani