जातीय पहिचानका नाममा जनतालाई धोका दिनेहरूले अस्थिरता ल्याए : महासचिव शङ्कर पोखरेल

विराटनगर । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले कोशी नामको पक्षमा मतदान गर्ने अनि जातीय पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्ने बताउनेहरूले अस्थिरता ल्याएको बताएका छन् ।

विराटनगरमा पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले पहिला कोशी नाममा मतदान गर्ने अनि जातीय पहिचानको कुरा गर्नेहरूका कारण अस्थिरता तर्फ देश गएको बताए ।

उनले एमाले चुनावका बेला पनि साझा नामका पक्षमा रहेको र सबैको सहमतिमा कोशी नाम राखिएको बताए ।

उनले, ‘भने जातीय नाम राख्छौ भनेर मत मागेपछि धोका दिए । जनतालाई धोका दिनेहरू अहिले अस्थिरता ल्याउन लागे ।’

उनले हालै सम्पन्न सङ्कल्प यात्रा एमालेको भए पनि कार्यक्रम सर्वदलीय भएको बताए ।

धेरै जिल्लामा संयुक्त ज्ञापन पत्र दिएको साझा र सामूहिक समस्या प्रकट भएको उल्लेख गर्दै उनले प्रदेशको र जिल्लाको समस्याका बारेमा माग राखेको र त्यो माग कुनै राजनीतिक दलको भन्दा पनि जनताले स्वतः स्फूर्त माग राखेको बताए ।

उनले मध्य पहाडमा धेरै विकास पुगेको भए पनि बसाइसराइको समस्या त्यो भन्दा बढी भएको बताए ।

एमाले नेतृत्वको सरकारले शुरु गरेको स्मार्ट सिटीको काम रोकिएको उल्लेख गर्दै उनले एमालेको योजना सरकारले ल्याएको योजना अन्य सरकारले नबुझेका बताए ।

३,पुष.२०८०,मंगलवार १०:१९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्