अस्पतालको स्तरोन्नति गर्ने/नगर्ने विषयमा विवाद चर्केपछि सर्लाही तनावग्रस्त, प्रहरीको गोली लागेर एकको मृत्यु

जनकपुरधाम । सर्लाहीको बरहथवा नगरपालिकामा अस्पतालको स्तरोन्नति गर्ने/नगर्ने विषयमा विवाद चर्केपछि अवस्था तनावग्रस्त बनेको छ ।

बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवालविरुद्ध आन्दोलनरत समूह तोडफोड र आगजनीमा उत्रेपछि अबस्था तनावग्रस्त बनेको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएपछि एक जनाको मृत्यु भएको छ ।

प्रहरीको गोली लागेर बरहथवा नगरपालिका ५ का जयशंकर शाहको मृत्यु भएको बताइएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको जानकारी प्राप्त भएको बताए । उनले भने, ‘मृतक अहिले आन्दोलनकारीकै नियन्त्रणमा छ । गोली लागेरै मृत्यु भएको पनि अहिले भन्न सक्दिनँ ।’

उनका अनुसार आन्दोलनकारीले नगरप्रमुखको घरमा तोडफोड र एउटा चारपाङ्ग्रे गाडी जलाएका छन् । अहिले त्यहांको अबस्था तनावग्रस्त छ । प्रहरी स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

२०,पुष.२०८०,शुक्रबार १६:३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्