पहिचान पक्षधर र कोशी सरकारबीच वार्ता शुरु

विराटनगर । प्रदेशको नाम कोशी राखेपछि असन्तुष्ट प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समिति र सरकारी वार्ता टोलीबीच विराटनगरमा वार्ता शुरु भएको छ ।

नामकरणपछि असन्तुष्ट भई आन्दोलनरत पुनः नामकरण संयुक्त संघर्ष समितिले बनाएको वार्ता टोली र कोशी सरकारले बनाएको वार्ता टोलीबीच वार्ता शुरु भएको हो ।

वार्तामा प्रदेश नं १ पुनः नामाकरण संयुक्त सङ्घर्ष समितिको तर्फबाट डकेन्द्रसिंह थेगिम, गोविन्दबहादुर आङबुहाङ, युवराज राई, दिवस राई, लाक्पा शेर्पा, कुमार लिङदेन मिराक, पदम लिम्बू, अर्जुन जमेली राई, जेन्टल लावती, पदम जबेगु र चन्द्रकुमार चौधरी सहभागी छन् ।

सरकारी वार्ता टोलीमा भने संयोजक भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जवेगू, पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेती र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल सदस्य सचिवको रूपमा सहभागी छन् ।

२५,माघ.२०८०,बिहीबार १६:५६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्