सांसदमाथि भएको घटनाको जवाफ मुख्यमन्त्रीले दिनु पर्ने माग गर्दै,जनमतले गर्‍यो मधेश प्रदेशसभा बैठक अवरुद्ध, १० मिनेटका लागि बैठक स्थगित

जनकपुरधाम । माघ ८ गते सप्तरीको राजविराजमा मधेश कृषि विश्व विद्यालयको शिलान्यास कार्यक्रममा क्याबिनेट मन्त्रसहित सांसदमाथि भएको घटनाको जवाफ मुख्यमन्त्रीले दिनु पर्ने माग गर्दै जनमतले प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन बोलाइएको बैठकको सरुमै जनमतका प्रमुख सचेक चन्दन सिंहले जवाफ माग गर्दै बैठक चल्न नदिने बताए।

मधेश कृषि विश्व विद्यालयको भवन जसपा अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री सरोज कुमार यादवले शिलान्यास गरिरहँदा जनमत संसदीय दलका नेता समेत रहेका तत्कालीन शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादव लगायत ३ सांसद प्रहरीको बल प्रयोगबाट घाइते भएका थिए ।

बैठक अवरुद्ध गरेपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटको लागि बैठक स्थगित गरेका छन् ।

६,फाल्गुन.२०८०,आईतवार १५:४१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्