पर्साको वीरगञ्जमा जारी कर्फ्यू अबस्था सामान्य बनेपछि ११ घण्टाका लागि स्थगित

जनकपुरधाम ‌ । पर्साको वीरगञ्जमा जारी कर्फ्यू ११ घण्टाका लागि स्थगित गरिएको छ । अबस्था सामान्य बनेपछि कर्फ्यू स्थगित गरिएको हो ।

पर्साका सिडिओ दिनेश सागर भुसालले आज विहान ११ बजेदेखि बेलुका १० बजेसम्मका लागि कर्फ्यू आदेश स्थगित गरेको सूचना जारी गरेका छन् । सर्वसाधारणको सुविधालाई दृष्टिगत गरी हाललाई कर्फ्यू स्थगित गरिएको सूचनामा उल्लेख छ ।

रौतहटमा सरस्वती मूर्ति सेलाउन जाने क्रममा दुई समुदायबीच झडप भएपछि वीरगञ्जमा समेत प्रदर्शन सुरु भएको थियो । आन्दोलन उग्र बनेपछि प्रशासनले फाल्गुन ७ गते बेलुका ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको थियो ।

९,फाल्गुन.२०८०,बुधबार ११:४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्