ललितपुर महानगरका ९२ हजार बालबालिकाले दादुरा–रुबेलाको खोप लगाउँदै

काठमाडौं । ललितपुर महानगरपालिकाका ९ महिनादेखि १५ वर्षसम्मका ९२ हजार ३ सय बालबालिकाले दादुरा रुवेला विरुद्धको खोप लगाउने भएका छन् ।

आइतबारदेखि २३ गते सम्म सञ्चालन हुने खोप अभियान अन्तर्गत महानगर भित्रका दुई सय १२ वटा खोप केन्द्रबाट खोप लगाइने ललितपुर महानगर जनस्वास्थ्य शाखा प्रमुख सरिता महर्जनले जानकारी दिइन् । ‘२३ गते महानगरका २९ वटै वडाका स्वास्थ्य संस्थामा खोप दिने व्यवस्था मिलाएका छौं,’ उनले भनिन् ।

कति गते कुन वडामा खोप ?

जनस्वास्थ्य शाखा प्रमुख महर्जनका अनुसार फागुन १३ गते महानगरका २५, २६, २७, २८ र २९ वडाका विद्यालयहरूमा खोप दिइनेछ । यस्तै फागुन १४ गते २२, २३, २४ वडाका विद्यालय खोप दिने व्यवस्था मिलाइएको छ ।

त्यसैगरी फागुन १५ गते १८, १९ र २० र २१ वडाका विद्यालयहरूमा दादुरा रुवेला विरुद्धको खोप दिइन्छ भने १६ गते .१४, १६ र १७ वडाका विद्यालयहरूमा खोप दिने व्यवस्था मिलाइएको छ ।

फाल्गुन १७ गते १५ वडाका विद्यालयहरूमा फागुन १८ गते ८, ९, १०, ११, १२, १३ का विद्यालयहरूमा खोप दिइनेछ । फागुन २० गते ५, ६ र ७ वडामा रहेका विद्यालयहरूबाट खोप दिइनेछ ।

फागुन २१ गते ४ नंबर वडाका विद्यालयहरूमा, फागुन २२ गते वडा नंं.१, २ र ३ मा रहेका विद्यालयमा खोप दिने व्यवस्था मिलाइएको छ । फाल्गुन २३ गते १ देखि २९ सै वडाका स्वास्थ्य संस्थाहरूमा खोप दिइनेछ ।

१३,फाल्गुन.२०८०,आईतवार १२:१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्