यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

एजेन्सी । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रूपैयाँ ३४ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९४ पैसा कायम गरिएको छ।

त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४३ रूपैयाँ ६२ पैसा र बिक्रीमा १४४ रूपैयाँ २७ पैसा पाइन्छ ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६७ रूपैयाँ ८५ पैसा र बिक्रीदर १६८ रूपैयाँ ६१ पैसा तोकिएको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८५ रूपैयाँ ९४ पैसा र बिक्रीमा ८६ रूपैयाँ ३३ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ४२ पैसा र बिक्रीमा ९७ रूपैयाँ ८६ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ २९ पैसा र बिक्रीदर ३५ रूपैयाँ ४५ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ०३ पैसा र बिक्रीमा ३६ रूपैयाँ २० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २७ रूपैयाँ ९५ पैसा र बिक्रीमा २८ रूपैयाँ २० पैसा पाइन्छ।

बुधबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ १२ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ०७ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ०४ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ६४ पैसा तोकिएको छ।

२३,फाल्गुन.२०८०,बुधबार १०:४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्