केन्द्रमा गठबन्धन फेरिएसँगै बागमती प्रदेशका कांग्रेस मन्त्रीहरूले आज सामूहिक राजीनामा दिने

हेटौंडा । केन्द्रमा गठबन्धन फेरिएसँगै बागमती प्रदेशका कांग्रेस मन्त्रीहरूले राजीनामा दिने भएका छन् ।

बागमती प्रदेशमा रहेका कांग्रेसका ६ जना मन्त्रीहरूले आजै राजीनामा दिने कांग्रेस संसदीय दलका उपनेता एवम् बागमती प्रदेशका उद्योगमन्त्री रामकृष्ण चित्रकारले बताए ।

केन्द्रमा आएको राजनितीक परिवर्तन र पार्टीको केन्द्रीय निर्देशनअनुसार आफूहरूले आझै साँझ सामूहिक राजीनामा दिन लगेको उनको भनाइ छ ।

उनले भने `अहिले हामी कांग्रेसका ६ जना मन्त्रीहरू काठमाडौंमा छौं, अब केहीबेरमा हेटौंडाको लागि हिँड्छौ, हेटौंडा पुगेपछि पत्रकार सम्मेलन गरेर राजीनामा दिनेछौं । ´

बागमती प्रदेशमा कांग्रेसबाट आर्थिक मामिलामन्त्री बहादुरसिंह लामासहित प्रशासन मन्त्री चित्रकार, वनमन्त्री मसिना खड्का, स्वास्थ्यमन्त्री उत्तम जोशी, पर्यटनमन्त्री पुकार महर्जन र सिंचाइमन्त्री तीर्थ लामा गरी ६ जना छन् ।

२३,फाल्गुन.२०८०,बुधबार १२:४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्