राष्ट्रिय सभा अध्यक्ष चुनावबारे नयाा वानेश्वर स्थित संसद भवनको लोत्सेहलमा सत्ता पक्षीय दलका सांसदहरुबीच छलफल

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष चुनावको सन्दर्भमा सत्तापक्षीय पाँच दलबीच छलफल भएको छ ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीबीच छलफल भएको हो ।

नयाा वानेश्वर स्थित संसद भवनको लोत्सेहलमा सत्ता पक्षीय दलका सांसदहरुबीच छलफल भएको हो ।

छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहितका नेताहरु उपस्थित छन् ।

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज हुँदैछ । अध्यक्षका लागि गठबन्धनबाट माओवादीका नारायण दाहाल र कांग्रेसबाट युवराज शर्माले सोमबार मनोनयन दर्ता गराएका छन् ।

२९,फाल्गुन.२०८०,मंगलवार ११:५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्