हिड्दा हिड्दै अन्तिम सम्म पुगी सके

हिड्दा हिड्दै अन्तिम सम्म पुगी सके
अन्तिम ढोका भित्र छिरे पनि
क्षितिज त अझै पर देख्छु
त्यो अनन्त क्षितिज चुम्ने आसामा
मेरा पाइला रोकिएनन
हिंड्ने क्रममा कतै चौतारी भेटियो
आराम गरे
कतै छहरा भेटियो
तिर्खा मेटाए
कतै पहरै पहरा भेटिए
कोप्दै बाटो बनाए
थाहा थियो लक्षमा पुग्नु थियो
हिंड्ने क्रममा थुप्रै चोटि चुलेसी सँग मन जोडीयो
मुटु भने थुप्रै चोटि रेटियो
अह मुटु खुम्चन भने दिइन
घाऊ आलै थियो
बस सुक्न छोडिदिए
आलो घाउलाई कहिले सिरेटोले सेक्यो
कहिले हावाले त कहिले नुनिलो पानीले
आच्छु पोल्यो , तर मेरा पाइला रोकिएनन
तेही घाउलाई कहिले कुकुर चाट्न अाइपुग्यो
कहिले कोइली तेही घाउमा टास्सिएर
सारेगामा गर्न अाइपुग्यो
थाहा छ हिंड्ने मेलो सकिएको छैन
हतार केही छैन
टक्क एक छिन् अडिएर
चमेलिको बास्ना सुङ्दै छु
यो रातो माटोको पनि बास्ना पो आउदो रहेछ

३०,फाल्गुन.२०८०,बुधबार ११:४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्