चीनको हुबेई प्रान्तको सान्हे शहरस्थित यान्जियाओमा रहेको एक भोजनालयमा विष्फोट,एक जनाको मृत्यु २२ घाइते

एजेन्सी ।चीनको हुबेई प्रान्तमा भएको विष्फोटमा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

बुधबार बिहान स्थानीय समय अनुसार ७ बजेर ५४ मिनेट जाँदा हुबेई प्रान्तको सान्हे शहरस्थित यान्जियाओमा रहेको एक भोजनालयमा विष्फोट भएको थियो ।

चिनियाँ अधिकारीहरुले पाइड चिकेन सपमा ग्यास लिक भएर विष्फोट भएको र सो विष्फोटमा परी एक जनाको मृत्यु भएको जानकारी दिएको ग्लोबल टाइम्सले जनाएको छ ।

ग्लोबल टाइम्सले सेयर गरेको विष्फोटको भिडियोमा आगो र धुवाँको मुस्लो उठेको देखिन्छ । घटना लगत्तै आपत्कालीन सेवाको टोली विष्फोटस्थलमा परिचालित भएको थियो । घाइतेहरुको उपचार अस्पतालमा जारी छ ।

चाइना डेलीका अनुसार घटनास्थलमा ३६ वटा दमकल र १५४ जना अग्नि नियन्त्रक परिचालित भएका थिए ।

३०,फाल्गुन.२०८०,बुधबार १०:५१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्