सिस्नाको झाङमा हामफाल्दै पूर्व राष्ट्र बैकका कर्मचारी अशोक पौडेल, शुरु हाजिर नहुर्दै काउन डाउन

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को सिइओ नियुक्ति प्रक्रिया विवादमा परेको छ ।

लामो समयको प्रहसनपछि केयूकेएलमा राष्ट्र बैकका पुर्व कर्मचारी अशोककुमार पौडेललाई केयुकेएलको संचालक समितिले सिइओमा नियुक्ति गरेको छ । लामो बादविवाद र छलफलपछि केयुकेएल संचालक समितिले केयुकेएलका अध्यक्ष तथा खानेपानी मन्त्रालयका सहसचिव तिरेश प्रसाद खत्रीलाई कार्यसम्पादन सम्झौता गर्ने र नियुत्ति दिने अधिकार प्रत्यायोजन गरेको थियो । त्यहि अधिकार प्रयोग गरेर खत्रीले यहि २ गते अबेर अशोककुमार पौडेललाई सिइओमा नियुक्ति गरेको पत्र थमाएका थिए ।

उनी केयुकेएलको त्रिपुरेश्वर शाखामा रहेको संचालक समितिको कार्यालयबाट नियुक्ति बुझेर केन्द्रिय कार्यालमा आउँदा उच्च व्यवस्थापकहरु कार्यालयमा नदेखेपछि निरास भएका पौडेल भोलि आइतबार तामझामकासाथ हाजिर गराउने उर्दि केयूकेएलले जारि गरिसकेको छ ।

यसरी भयो नयाँ सिइओको छनोट प्रक्रिया

केयुकेएलको सिइओ मिलनकुमार शाक्य र केयुकेएल संचालक समितिवीच व्यवस्थापकिय पक्षमा मतभेद भएपछि उक्त मतभेद चुलिर्दै जादाँ केयुकेएलको दुई पक्ष एक भएका थिए ।

संचालक समितिका बढी सदस्यहरु र केयुकेएलमा क्रियाशिल कर्मचारी यूनियनहरु गोपालसिंह थामिले नेतृत्व गरेको एकिकृत स्वतन्त्र कर्मचारी युनियन, सारदा बोहोराले नेतृत्व गरेको केयुकेएल लोकतान्त्रीक कर्मचारी संघ र तत्कालीन विपिन सोपले नेतृत्व गरेको केयुकेएल कर्मचारी परिषद एक ठाउँमा उभिन पुगेका थिए भने, सिइओ मिलनकुमार शाक्य अर्को पक्ष भए ।

जब सिइओ शाक्य र संचालक समितिवीचको मतभेदमा सिइओ शाक्यले खेल्ने प्रयास गरेर केयुकेएल कर्मचारी संगठन र कर्मचारी संघलाई शाक्यले काखी च्यापेर लोकतान्त्रीक कर्मचारी संघलाई विभाजित गराउने प्रयास गरेका थिए । त्यहि समयमा शाक्यले उनीलाई सिइओ बनाउन सूचनास्रोतको महत्वपूर्ण भूमिका निभाएका गोपालसिंह धामीलाई समेत पेलेर डिलमा पुर्याउने खेल खेलेका शाक्य विरुद्ध आन्दोलनको उपयुक्त बाटो तय भएपछि केयूकेएलमा शाक्य विरुद्ध तीन संगठनले उनको कार्यकक्षमा तालाबन्दी गरेका थिए । यहि तालाबन्दीको जगमा संचालक समितिले शाक्यलाई सिइओबाट बर्खास्त गरेको थियो । त्यहि रिक्तपदमा सिइओ छनोटको प्रक्रिया केयुकेएल संचालक समितिले शुरु गरेको हो ।

एशियाली विकास बैकको भूमिका

रिक्त केयुकेएलको सिइओ नियुक्तिमा एशियाली विकास बैकले घुमाउरो किसिमले खेल खेलेको छ । शुरुमा केयूकेएलको सिइओमा नयाँ सदस्य केयुकेएलको संचालक समितिमा ल्याउने र उसैलाई केयुकेएलको प्रबन्धक संचालक बनाउने खेल खानेपानी मन्त्रालयले तुहाइदिएपछि संचालक समिति र मन्त्रालयको नेतृत्ववीच खिचातानी शूरु भयो ।

केयुकेएलमा पूर्व महाप्रबन्धक महेश भट्टराईलाई संचालक समितिको सदस्यमा नियुक्ति गर्ने बाताबरण बनाएका केयुकेएलका अध्यक्ष तथा खानेपानी मन्त्रालयका सहसचिव त्रिरेश प्रसाद खत्रीको सपना पुरा भएन । तत्तकालीन खानेपानी मन्त्री महेन्द्र राय यादवलाई खानेपानी मन्त्रालयको कोटाबाट मन्त्रालयका उपसचिव भन्दा बाहिरको मान्छे नियुक्ति गर्ने केयूकेएलको नियमावलीको छिद्रा सुझाएको केयुकेएल संचालक समितिको प्रस्तावमा केयूकेएलका आधिकारीक कर्मचारी युनियनका नेताहरुले मन्त्री यादवलाई अर्कै सूझाव दिए । मन्त्रीलाई केयुकेएलको संचालक समितिको चलाखी सहित प्राप्त युनियनका कर्मचारीहरुको सूझाव कामकाजी लाग्यो । मन्त्रीले पनि त्यहि नियमवालीको छिद्राबाट मन्त्रालयका कर्मचारीहरु भन्दा बाहिरको संचालक समिति सदस्य नियुक्ति गरे ।

त्यहि समयमा महानगरपालिकाबाट प्रतिनिधित्व गर्ने दुई सदस्यहरुपनि क्रमश परिवर्तन हुर्दै गए । संचालक समितिका हर्ताकर्ताहरुले यहि मौकामा एशियाली विकास बैकका प्रतिनिधिका एजेन्टहरु सुमन शर्मा जो नेपाल सरकारका पूर्व सचिव र केयूकेएलका पूर्व महाप्रबन्धक तथा पूर्व टियूका उपप्राध्यापक महेशकुमार भट्टराईले मन्त्रालयका अधिकारीहरुको चाहनाविरुद्धमा चलखेललाई तिव्र बनाएर र उम्मेदवारमध्येका सम्भावित उम्मेदवार अर्जनबाबु ढकाललाई तीन जनाको छनोटबाट बाहिर बनाए । त्यसपछि संचालक समितिले अलिक सहज महशुस गरेको थियो तर, मन्त्रालयका सचिव शुरेश आचार्य बाधक भएका थिए ।

केयूकेएलको सिइओ नियुक्ति विरुद्ध मन्त्रालयको छानविन समिति

केयुकेएल संचालक समितिले सिइओ छनोट गरेपछि मन्त्रालयका सचिव संचालक समितिविरुद्ध आक्रोशित भएका थिए । उनले फाल्गुण १ गते केयुकेएलको बार्षिकउत्सव कार्यक्रममा बोलेका भाषा अनुसार नै सिइओ छनोट भएको थियो । सिइओ छनोट पूर्व नै नेपाली जनता अनलाईन पत्रिका लगाएत अन्य अनलाइनहरुले तीन जनाको नाम छनोटको लिष्ट सार्वजनिक गरेका थिए । पत्रपत्रिकामा आएका नाम नै छनोट भएमा मन्त्रालयलाई मान्य नहुने बताएका सिइओका मुखमा ढुगानै लाग्ने गरि केयूकेएल संचालक समितिले नाम सार्वजनिक गरेका थियो ।

मन्त्रालयले खानेपानी विभागका उपमहानिर्देशक माधब अधिकारीको संयोजकत्वमा मन्त्रालयका दुई जना सदस्यसहितको छानविन समिति गठन गरेको छ । उक्त समितिले समय अभाव भएको भन्दै म्यादथप माग गरको छ । उक्त समितिले प्रतिविदेन नबुझाउर्दै संचालक समितिले सिइओ नियुक्ति गरेको छ ।

पदमुक्त हुनु अगाडि सिइओ नियुक्ति

केयुकेएलका संचालक समितिका अध्यक्ष तथा खानेपानी मन्त्रालयका सहसचिव तिरेश प्रसाद खत्री यहि चैत्र ६ गते अनिर्वाय अबकाशमा जाने भएका छन । उनी उमेरहदका कारण अनिवार्य अवकाश हुन लागेका हुन । उनी सहसचिवबाट अबकाश हुदाँ नै केयुकेएलको संचालक समिति अध्यक्ष पनि खाली हुने हुन्छ । तर, खत्रीले अबकाश हुनु करिव ४ दिन अगाडी केयुकेएलको सिइओ नियुक्ति गरेर दिर्घकालिन असर पर्ने काम गरेका छन ।

केयुकेएलमा नयाँ सिइओका चुनौती

केयुकेएलका सिइओ पौडेलका लागि पहिलो चुनौती केयुकेएलका कर्मचारी युनियनहरु नै हुने छन । दोस्रो चुनौती केयुकेएलका व्यवस्थापकहरुको खिचातानीको सामना गर्नु पर्ने चुनौती देखिएको छ ।

केयूकेएलका कर्मचारी नेताहरुको हतारको बधाई भित्र लुकेको स्वार्थलाई कुशलतापूर्वक सामना नै पहिलो चुनौती हो । जागिरको आखिरीका केहि बर्षबाकि भएका उच्च व्यवस्थापकहरुको स्वार्थ समुहलाई व्यवस्थापन नै पौडेलका लागि दोस्रो चुनौती हो । जिम्मेवारी पुरा गर्न हिच्कीचाउने, निर्णय क्षमता नभएका व्यवस्थापकहरुसँगको तालमेल र कर्मचारी युनियनहरुसँगको व्यक्तिगत टकराव नै मुख्य समस्या रहेको केयुकेएलका सिइओ पौडेलका सामू अर्को चुनौती पनि देखिएको छ त्यो हो,प्राविधिक चुनौती ।

आर्थिक र प्रशासनीक दक्षता देखाएका पौडेललाई प्राविधिक ज्ञान प्रायः सून्य नै छ । चीट चोरेर प्राविधिक प्रस्ताव पास गरेका पौडेलका लागि यो एउटा फलामे ढोका सावित हुने कुरालाई नजरअन्दाज गर्न सकिर्दैन ।

हुन त उनले सुमन शर्मा र महेश भट्टराई र तिरेश खत्री जता पानीका धुरन्धरहरुको बैशाखी टेकेको आरोप छ तर, त्यो स्वार्थ सहितको बैशाखी हो भन्ने विषयको ज्ञान पनि हुनु जरुरी छ ।

राजधानीको डामाडोल पानीका संरचनाको व्यवस्थापन

करीव १ सय वर्ष अगाडिदेखिका पानीका पाइपलाई जोडिएको पुरानो बस्ती र मेलम्चीको पानी वितरण गर्न जमीन भित्र गाडिएका नयाँ बस्ती र पुरानबस्तीका नया पाइपलाईनको जोडन मिलाउन पनि पौडेलका लागि कमसकस भने हुने छैन ।

कर्मचारीहरुको वृद्धिविकास र ठेक्का

केयूकेएलमा असार ३१ गते प्रकाशित लोकसेवा आयोगको बढुवा र खुल्लाको विज्ञापन निक्कै विवादमा परेको छ । यहाँका अधिकांश प्राविधिक कर्मचारी र केहि प्रशासनका कर्मचारी बढुवाको माखेसाङलोमा लामो समयदेखि जकडिएका छन । यसलाई पार लगाउनु पर्ने दायित्व पनि नयाँ सिइओको टाउँको दुखाई हुने कुरामा सन्देह छैन ।

मिटररिडर, चावी चलाक र पम्म अप्रेटरको काम ठेक्काबाट गराउने प्रक्रिया थालेर वीचमै लथालिङ अवस्थामा पुगेको छ । १÷१ महिनामा म्याद थप गरेर कर्मचारी विनियममानै नभएको धारा प्रयोग गरेर सेवा करारमा लामो समयसम्म काम लगाइर्दै आएका कर्मचारीहरुलाई विस्थापीत गरेर ठेक्कामा लगाउने काम पार नलागेको अवस्था छ । खरिद एैन र नियम अनुसार पनि गर्न मिल्ने हो वा होइन त्यो पनि प्रष्ट छैन । कर्मचारी विनियमावली अनुसार भर्ना गरेर काम लगाउनु पर्ने कर्मचारीहरुलाई जथाभावि काम लगाएर अन्यौल र्सिजना गरिएको छ । यस भित्रको षडेन्त्रलाई पनि चिरेर काम गर्नु पर्ने चुनौती र जिम्मेवारी बोकेर आएका पौडेलका लागि सजिलो अवस्य पनि छैन ।

३,चैत्र.२०८०,शनिबार २१:०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्