काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल र स्वीजरल्याण्डकी राजदूत मेउलीबीच शिष्टाचार भेट

काठमाडौं । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलसँग नेपालका लागि स्वीजरल्याण्डकी राजदूत डा. डेनियल मेउलीले शिष्टाचार भेट गरेकी छन्। राजदूत डेनियलले मंगलबार उपप्रमुखको कार्य कक्षमा पुगेर भेट गरेकी हुन् ।

भेटका क्रममा उपप्रमुख डंगोलले, पहुँचयोग्य स्वास्थ्य सेवा प्रवाहका लागि महानगरपालिकाले प्रविधिको प्रयोगलाई बढाउँदै लगेको बताइन्।

‘आधारभूत र विशेषज्ञ स्वास्थ्य सेवालाई वार्षिक नीति, बजेट तथा कार्यक्रममा प्राथमिकता दिएका छौँ । कार्यक्रमको कार्यान्वयनलाई दिगो र प्रभावकारी बनाउन प्रविधिमा आधारित प्रणाली विकास गरिरहेका हौँ ।’ डंगोलले भनिन् ‘वडा वडामा स्वास्थ्य प्रवर्धन केन्द्रहरु स्थापना हुँदैछन् । केन्द्रका सेवालाई सरल, पहुँच योग्य र विश्वसनीय बनाउन प्रविधिको उपयोग हुनेछ । यसका लागि साझेदारहरुसँग सहकार्यको सम्भावना रहन्छ ।’

स्वास्थ्य सम्बन्धी नागरिकका समस्यालाई महसुस योग्य समाधान दिनु अहिलेको आवश्यकता हो । भेटका क्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने, ‘विकेन्द्रीकृत प्रणालीबाट नागरिकलाई आफ्नै नजिक सरकारी सेवा प्राप्त गर्ने वातावरण बनेको छ ।’

स्वास्थ्य सेवाको प्रवर्धनका लागि हामी महानगरपालिकासँग सहकार्य गर्न चाहन्छौँ । भेटमा राजदूत डेनियलले भन्नुभयो, ‘प्रविधिले सहज सेवा सुनिश्चित गर्छ । यस कार्यका लागि सहकार्य गर्न तयार छौँ ।’

त्यस क्रममा स्वीस व्यापार प्रतिनिधि मण्डलका सदस्य, रिचर्ड रुम्नोङ्ले रोचे डाइनोष्टिक प्रविधि र प्रयोगशालाका विषयमा प्रस्तुतिकरण गरेका थिए।

भेटका क्रममा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी, स्वास्थ्य विभाग तथा सचिवालयका अधिकारीहरु सहभागी थिए ।

७,चैत्र.२०८०,बुधबार ०९:०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्