होली खेलेर सुनकोशी नदीमा पौडी खेल्न गएका त्रियुगा नगरपालिका ३ बालबालिका बेपत्ता

काठमाडौं । होली मनाएर सुनकोशी नदीमा पौडी खेल्ने गएका ३ जना बालबालिका बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा त्रियुगा नगरपालिका–१४ का ८ वर्षीय चोकलचन्द्र मगर, ७ वर्षीय रिदम मगर र ११ वर्षीया रेखा मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी रमेश थापाले जानकारी दिए ।

उनीहरू त्रियुगा नगरपालिका–१४ धाप्लाङ भन्ने ठाउँबाट बेपत्ता भएका हुन् । होली खेलेपछि पौडी खेल्न भन्दै उनीहरू सुनकोशी नदीमा पुगेका थिए ।

बेपत्ताहरूको खोजी सुरु गरिएको एसपी थापाले बताए । अहिले सशस्त्र प्रहरीको टोलीसमेत परिचालन गरिएको छ ।

उनीहरूसँगै गएका अन्य ४ बालबालिका भने घर फर्किसकेका छन् ।

११,चैत्र.२०८०,आईतवार १९:०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्