नेपाली बजारमा बुधबार सुनको भाउ बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?

काठमाडौ । काठमाडौ नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ।

मंगलबार प्रतितोला तीन सय रूपैयाँ घटेको सुनको भाउ यसदिन अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २६ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २६ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख २६ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २५ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य भने घटेको छ।

आज चाँदी प्रतितोला एक हजार चार सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला एक हजार पाँच सय ५ रूपैयाँमा कारोबार भएको थियो।

मंगलबारको तुलनामा आज चाँदी प्रतितोला १५ रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २१ सय ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

१४,चैत्र.२०८०,बुधबार ११:२६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्